भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंहको निधन
खबर एक्सप्रेस
२०७९-०६-२४ १२:०१ मा प्रकाशित
Total Shares: 184
काठमाडौं - भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ ।
पिसाबमा संक्रमण भएका कारण गत सेप्टेम्बर २६ देखि गुरुग्रामको मेदान्ता अस्पतालमा उपचार गराईरहेका यादवको निधन भएको जानकारी उनका छोरा अखिलेश यादवलाई उद्धृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन् । सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका यादवले ३ पटक प्रदेशको नेतृत्व समेत गरेका थिए ।
उनी संघीय सरकारमा रक्षामन्त्री समेत बनेका थिए । आफ्नै छोरा अखिलेश यादवले पार्टी फुटाएर गएपछि उत्तर प्रदेशको राजीतिबाट यादव ओझेलमा परेका थिए ।
फेसबुक पेज Like गर्नुहोस