काठमाडौं - नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
उनी बिहीबार गौरीकुमारी यादवले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारीमा आएका हुन् ।
साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

.gif)


