कांग्रेसका पूर्व सांसद ज्ञवालीको निधन
खबर एक्सप्रेस
२०७६-११-०६ ११:०० मा प्रकाशित
Total Shares: 354
काठमाडौं - नेपाली कांग्रेसका पूर्व सांसद भागवत ज्ञवालीको निधन भएको छ । जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति रहेका ज्ञवालीको ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान उनको निधन भएको हो ।
केही समयदेखि अल्सर रोगबाट पीडित थिए ज्ञवालीको भारतको दिल्लीमा उपचार भएपछि अल्का अस्पतालमा पुनः उपचार भइरहेको थियो ।
२००१ साल कात्र्तिक १ गते जन्मिएका ज्ञवाली २०४८ सालको आम निर्वाचनमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।
नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको काँग्रेसले जनाएको छ । उनको निधनप्रति काँग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस