काठमाडौं - वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका ८ नेपाली कामदारको शव काठमाडौँ ल्याइएको छ । 

मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएर त्यहीँ अड्किएका ८ जना नेपालीको शव वायुसेवा निगमको जहाजबाट शनिबार नेपाल ल्याइएको हो । साथै विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले र अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको छ । ती शव तथा अस्तुहरूलाई शनिबार नै अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ।

बैदेशिक रोजगारमा सरकारले उचित सुरक्षाको व्यवस्था नगर्दा वर्षैनी सयौँ नेपालीले खाडी मुलुकमा ज्यान गुमाउनु परेको छ ।