चार्जमा राखेको मोवाइल पड्किएर एक महिला गम्भीर घाइते
खबर एक्सप्रेस
२०७७-१२-२७ ०८:३० मा प्रकाशित
Total Shares: 248
काठमाडौं,भोजपुर - चार्जमा राखेको मोवाइल पड्किएर एक महिला गम्भीर घाइते भएकी छन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ । घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले दुई केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका–९ कोप्चेबाट २३ वर्षीय मनिश तामाङलाई पक्राउ गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस