अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतको आदेश
खबर एक्सप्रेस
२०७७-०८-२८ ०७:४२ मा प्रकाशित
Total Shares: 544
काठमाडौं - विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
आइतबार अदालतमा हाजिर भएका बस्न्यातलाई अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनीमाथि वालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको आरोप छ ।
उनलाई आज नै डिल्लीबजार कारागार पठाइएको बताइएको छ । यो आदेशमा चित्त नबुझे बस्न्यातले सर्वोच्च अदालतमा निवेदन दिन पाँउछन् ।
फेसबुक पेज Like गर्नुहोस