नेपालमा रोहिंग्या शरणार्थीको भीड, ५० परिवारले बनाए २३ टहरा
खबर एक्सप्रेस
२०७६-०८-२७ ११:०० मा प्रकाशित
Total Shares: 932
काठमाडौं - म्यानमारबाट विस्थापित रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका–३ कुशादेवी बन्चरेटारमा २३ टहरा निर्माण गरेका छन् ।
स्थानीय सरकारलाई काम गर्ने मजदुरका रुपमा जानकारी दिएर धमाधम टहरा निर्माण गरिएको हो । उनीहरु १६ दिनअघि काठमाडौंमा बसोबास गर्दै आएका थिए ।
‘कुशादेवीकै ठेकेदार रामेश्वर थापाले आफ्नो ठेक्कामा मजदुरी गराउने उद्देश्यले बसोबास मिलाएका हुन्’, रोहिंग्या समुदायका अगुवा मोहमद ऐसुपले भने।‘काठमाडौंको बूढानिलकण्ठको कपनस्थित लसुनेटारबाट पनौतीको कुशादेवीमा आएका हौँ ।’ नेपाल समाचारपत्रबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस