काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरबाट आउनेहरुलाई रोक्न नसक्दा कोरोना भाइरस फैलिएको बताएका छन् ।

विदेशबाट स्वदेश फर्किनेहरुको चाप र प्रभावका कारण कोरोना भाइरस फैलिएको भन्दै उनले लकडाउनको पालना नहुँदा भाइरस फैलिएको जिकिर गरे । 

त्यस्तै ओलीले भारतबाट आएकाहरुमा कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’

उनले कोरोनाका कारण मुलुक असहज र असामान्य अवस्थामा रहेको पनि बताए।