कोशी अस्पतालमा विराटनगरकी कोरोना संक्रमित वृद्धाको मृत्यु
काठमाडौं, विराटनगर - विराटनगरकी कोरोना संक्रमित ६८ वर्षीया वृद्धा महिलाको शनिबार बिहान मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ज्यान गएको केन्द्रका संयोजक डा दिपक सिग्देलले बताए । वृद्धा महिलाको उपचारका क्रममा शनिबार बिहान २ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
कोरोना पुष्टि भएसँगै उनलाई असोज ११ गते आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।
गम्भीर अवस्थामा आइसोलेसनमा भर्ना गरेर तत्काल उपचार थालिए पनि वृद्धाको उपचार सफल हुन नसकेको बरिष्ठ फिजिसियन डा सिग्देलको भनाई छ ।
वृद्धलाई पछिल्लो समय श्वासप्रश्वासको समस्या बढेको थियो भने शरीरमा अक्सिजनको मात्रा कम थियो । मृतकमा दम र खोकीको पुरानो समस्या रहेको सिग्देलले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस