‘निर्वाचन आयोगको निर्णयप्रति छलफलपछि धारणा आउँछ’
खबर एक्सप्रेस
२०७७-१०-१२ ०८:०० मा प्रकाशित
Total Shares: 465
काठमाडौं,बुटवल - नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्वाचन आयोगको निर्णयप्रति पार्टीको आधिकारिक धारणा आन्तरिक छलफलपछि मात्रै आउने बताएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा उनले आयोगको निर्णयप्रति भने आफ्नो समूह सन्तुष्ट नभएको उल्लेख गर्दै अब अदालत जाने कि आयोगमा जाने भन्नेमा पार्टीले सबै कागजी प्रमाण हेरेर निर्णय गर्ने स्पष्ट पारेका हुन् ।
पूर्वमन्त्री पुनले संसद् पुनस्र्थापनाको विकल्प नभएको प्रस्ट पार्दै त्यो नै वर्तमान राजनीतिक निकासको बाटो भएको जिकिर गरे । उनले वतर्मान ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई विद्युत्को सही व्यवस्थापन गरेर काम गर्न सुझाव दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस