विवाहमा गएका बालक पोखरीमा मृत फेला
खबर एक्सप्रेस
२०७६-११-०९ ११:०० मा प्रकाशित
Total Shares: 247
सिरहा - छिमेकीको विवाह हेर्न गएका एक बालक शुक्रबार सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन् ।
सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन् ।
छिमेकीको विवाह गए राति हेर्न गएका आयुष कतिखेर हराएको भन्ने यकिन नभए पनि शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस