शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढ्याे
खबर एक्सप्रेस
२०७७-०७-२८ १२:२७ मा प्रकाशित
Total Shares: 300
काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी तोलाको एक हजार २ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस