काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा नेतृत्वको सरकारलाई उत्ताउलो व्यवहार नदेखाउन चेतावनी दिएका छन्। 

पार्टी को‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला उद्घाटन गर्दै ओलीले समय सधैँ एकनासको नरहने भन्दै उत्ताउलिएर धेरै अघि नबढ्न सरकारलाई चेतावनी दिएका हुन्।