बुद्धनगरमा ६ तलामाथिबाट खस्दा दुई बालबालिकाको मृत्यु
खबर एक्सप्रेस
२०७९-०५-१५ ०९:०१ मा प्रकाशित
Total Shares: 191
काठमाडौं - काठमाडौंको बुद्धनगरस्थित एक घरमा ६ तलामाथिबाट खस्दा दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवाल रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरूलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गरिरहेको थालिएको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस