काठमाडौं - कृषि विकास बैङ्कको सिस्टम ह्याक गरी एक करोड रकमसहित फरार रहेका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ्गको रङ्गेली नगरपालिका–२ बस्ने ४३ वर्षीय दीपकलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले शुक्रबार पक्राउ गरेको हो ।

लामो समयदेखि नाइजेरियन र भारतीय नागरिकसँगहरु मिलेर बैङ्क तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी लुट्ने योजना बनाएको आरोप लागेको छ ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसारका अनुसार उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

लुटिएको ४ करोड ७६ लाख रूपैयाँमध्ये दीपकको खातामा एक करोड मौज्दात रहेको एसएसपी थापाले बताए। यसअघि यस प्रकरणमा १८ जनालाई पक्राउ गरिसकेको छ ।