पूर्व प्रधानसेनापति क्षेत्रीको सम्पत्ति छानबिन हुने
काठमाडौं – नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानविन हुने भएको छ । बिहिबार बसेको संघीय संसदको राज्यव्यवस्था समितिको बैठकले पूर्व प्रधानसेनापति क्षेत्रीमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो ।
क्षेत्री प्रधानसेनापति भएका बेला फास्ट ट्र्याकसहित बिभिन्न ठेक्का पट्टा र खरिद निर्णयमाथि अर्बौं रकम भ्रष्टाचार गरेको भनि समिति समक्ष छानविनका लागि निवेदन आएको थियो ।
सोही निवेदनको आधारमा अध्ययन गर्न गठन भएको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदनका आधारमा राज्यव्यवस्था समितिले छानविनका लागि अख्तियारलाई पत्र पठाउने निर्णय गरेको समितिका सदस्य अमरेश कुमार सिंहले जानकारी दिए । उपसमितिमा काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडु, नेकपाका रेखा शर्मा र नवराज सिलवाल थिए ।
फेसबुक पेज Like गर्नुहोस