वाग्मतीका मुख्यमन्त्री पौडेलले दिए राजीनामा
काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् ।
नेकपा एमाले औपचारिकरुपमा विभाजन भएसँगै मुख्यमन्त्री पौडेलले बुधबार साँझ प्रदेश प्रमुख विष्णु प्रसाईंसमक्ष राजीनामा पत्र बुझाएका हुन् । त्यसअघि पौडेलले मन्त्रिपरिषद्को बैठक राखेर मन्त्रीहरुलाई लामो समयदेखि गरेको सहयोगबापत धन्यवाद दिएका थिए ।
बुधबार नै पौडेलले संसदीय दलका नेताबाट राजीनामा दिएका थिए । पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । बहुमतको आधारमा शाक्य आज नै मुख्यमन्त्रीमा नियुक्त हुने सम्भावना रहेको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता गरेएसँगै नेकपा एमालेको औपचारिकरूपमा विभाजन पुष्टि भएको हो ।
फेसबुक पेज Like गर्नुहोस