काठमाडौं- सभामुख डीपी अर्यालले सदनमा उठेको विषयको जवाफ दिनको लागि सरकारलाई रुलिङ गरेका छन् । जारी प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले सभाको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका विभिन्न समसामयिक विषयको जवाफ दिन सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।सभामुखले भने, ‘माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्त्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन, साथै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद् व्यवस्थापनका पूर्वतयारीका सम्बन्धमा भए गरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु ।’
सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
खबर एक्सप्रेस
१ घण्टा अगाडि
३३


.gif)

