काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन् ।

चापागाईंले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' नेतृत्वको रास्वपा सरकारले यसअघिको राजनीतिक नियुक्ति खारेज गर्नेगरी अध्यादेशमार्फत कारबाही अगाडि बढाएको थियो

साथै बुक बिल्डिङ मार्फत् शेयर निष्कासनका लागि सीईओ चापागाईंको नेतृत्वमा चिया विकास निगमसँग सम्झौता गरेपछि सञ्चालक समितिमार्फत सीइओ चापागाईंलाई स्पष्टीकरण पनि सोधिएको थियो । 

त्यसपछि दबाबमा रहेका सीईओ चापागाईंले राजीनामा दिएको स्रोतले बतायो ।

सरकारले उनलाई वि.सं. २०८१ साल चैत १९ गते नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।