काठमाडौं - गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति लामालाई पक्राउ गरेको हो।

मापसे गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ परेका लामालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। २०७५ असारमा पनि पक्राउ परेका लामालाई  प्रतिनिधिसभा सदस्य नवीना लामाले जमानतमा रिहा गराएकी थिइन्। त्यसपछि पनि उनी चेक बाउन्सको मुद्दामा पक्राउ परेका थिए ।