कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका इन्सपेक्टरको मृत्यु
काठमाडौं - कोरोनाभाइरसको संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । सोमबार राती मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा सशस्त्रका इन्सपेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको हो ।
ब्याडमिन्टन खेल्दाखेल्दै एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । कात्तिक २७ गते उनमा कोरोना पुष्टि भएको थियो ।
संक्रमणको कारण संक्रमित बुढाथोकीको पछिल्लो समय फोक्सोले काम गर्न छोड्दा उनको मृत्यु भएको हो ।
तेह्रथुमको म्याङ्लुङ् घर भएका उनी मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा गत भदौदेखि कार्यरत थिए ।
फेसबुक पेज Like गर्नुहोस