काठमाडौं - संयोजन मिडिया प्रा.लि. र नेपाल टेलिभिजनबीच आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।

बुधबार नेपाल टेलिभिजनको कार्यालय सिंहदरबारमा एक औपचारिक कार्यक्रम गरि टेलिभिजनका महाप्रबन्धक फुलमान बल तामाङको उपस्थितिमा आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको हो  ।

सम्झौतामा नेपाल टेलिभिजनको तर्फबाट निर्देशक राजकुमार थापा र संयोजन मिडियाको तर्फबाट  प्रबन्ध निर्देशक राम चन्द्र खड्काले हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रम आर्थिक विकास हरेक हप्ता शुक्रबार १० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ भने सम्झौता असार मसान्त सम्मका लागि गरिएको छ । कार्यक्रम केही महिना अघिदेखि प्रसारण हुँदै आएको भएपनि बुधबार एक अनौपचारिक कार्यक्रम गर्नका साथै  सम्झौता गरि संयुक्त हस्ताक्षर भएको हो ।

कार्यक्रममा टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङले कार्यक्रम सफलताको शुभकामना दिनु भयो भने संयोजन मिडियाको तर्फबाट प्रबन्ध निर्देशक रामचन्द्र खड्काले नेपाल टेलिभिजनलाई धन्यवाद दिदै  मुलुकको सुशासन विकास र  समृद्धिमा कार्यक्रम केन्द्रित हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनको व्यापार प्रवर्द्धन शाखा प्रमुख अशोक घिमिरे र कलश क्रीयसनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण अधिकारीको समेत उपस्थिति रहेको थियो ।