काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठक तीन घण्टा चलेर सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक सकिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सकिएको जानकारी दिएका छन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरु उपस्थित थिए ।