सुनचाँदीको मूल्यमा सामान्य गिरावट
खबर एक्सप्रेस
२०७८-१२-०६ १०:४४ मा प्रकाशित
Total Shares: 161
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ आइतबार ६ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको भाउ तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँको दरले घटेको छ । गत शुक्रबार एक हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ३७५ रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस