माधव नेपाललाई साथ दिन्छु : वामदेव
काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाललाई साथ दिने बताएका छन्।
पार्टी एकता अभियानको भर्चुअल बैठकलाई बिहीबार सम्बोधनका क्रममा उपाध्यक्ष गौतमले नेता नेपाल नेतृत्वको एमाले समाजवादीलाई साथ दिने बताएका हुन्।
‘अब पार्टी एकता अभियानलाई तीव्र बनाउने योजनामा छु, यससँगै अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्छु।’ गौतमले भने, ‘माधव नेपाल नेतृत्वको बैठकमा म सबभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस् । उहाँले दिनुहुन्छ, मलाई विश्वास छ ।’
गौतमले अब ओलीको पक्षमा लागेर एमाले पार्टीका लागि केही गर्न नसकिने पनि जिकिर गरेका छन्। ओलीले एकताको जिम्मेवारी नदिएको उनको गुनासो छ ।
माधव नेपालले वार्ताको जिम्मेवारी दिए डेढ वर्षभित्रै एकता गर्ने उनको दाबी छ । ‘अब हामीसँग विद्रोह नै विकल्प हो। नयाँ पार्टीलाई अहिलेको एमालेभन्दा शक्तिशाली बनाउने अभियानमा लाग्छौँ। त्यसपछि पार्टी एकतामा जोड दिन्छौँ।’ गौतमले भने ।
फेसबुक पेज Like गर्नुहोस