काठमाडौं - पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपाल केन्यासँग पराजित भएको छ । 

जिमखाना क्लब मैदानमा भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो । योसँगै ५ टि२०आई सिरिज दोस्रो खेल सकिदा १–१ को बराबरीमा पुगेको छ ।  

१ सय ३३ रनको विजय लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाएर ११४ रनमात्र जोड्न सक्यो । नेपालको लागि मध्यक्रमका आरिफ शेखले सर्वाधिक २५ रनको योगदान दिए । उनले २१ बलमा २ चौका र एक छक्का प्रहार गरे ।

आदील अन्सारी र रोहित पौडेलले २०/२० रन जोडे ।पवन सर्राफ १९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ८, करण केसी ६, आसिफ शेख ५, दीपेन्द्र सिंह ऐरी ३ र ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए । सोमपाल कामी २ रनमा आउट हुँदा वसिर अहमेद सुन्य रनमा अविजित रहे । 

केन्याका लुकास ओलुओच,  इमानुएल बुन्डी र  भिराज पटेलले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको हो । 

केन्याका लागि दुवै ओपर सस्तैमा आउट भएका छन् । ओपनर एलेक्स ओबान्डा डक आउट हुँदा अर्का ओपनर कोलिन्स ओबुयाले ९ रन जोडे । विकेटकिपर इरफान करिमले २२ रन बनाउँदा राकेप पटेलले ३५, इमानुएल बुन्डीले ५, सचिन भुडियाले १४, लुकास ओलुओचले ७, नेहेम्याह ओधियाम्बोले २९, कप्तान शेम न्गोचेले १, यूजीन ओचिङले ३, व्राज पटेलले २ रन बनाए । 

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले समान तीन/तीन विकेट लिए । करन केसीले दुई विकेट लिदाँ  पवन सरार्फले एक विकेट लिए ।