राष्ट्रपति भेट्न शितल निवासमा प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।
शनिबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न उनी शितल निवास पुगेको स्रोतले बतायो। ‘उहाँहरूबीच छलफल जारी छ’, स्रोतले भन्यो। पछिल्लो समय विवादमा आएको अध्यादेशबारे छलफल चलिरहेको हो कि भन्ने बुझिएको छ।
यसअघि शनिबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनी खुमलटार पुगेका थिए। त्यहाँ उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित थिए। प्रचण्डलाई भेटेर बाहिरिएलगत्तै उनी मन्त्रीहरूलाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका थिए।
सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नलिएको भन्दै प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ। यसअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग परामर्श गरेर मात्र अध्यादेश फिर्ता लिने बताएका थिए।
फेसबुक पेज Like गर्नुहोस