काठमाडौं - राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक मध्याह्न सवा १२ बजे बस्न लागेको हो । बैठकमा राष्ट्रिसभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने छन् । 

बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका प्रस्ताव प्रस्तुत गर्ने छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।