सत्ता गठबन्धनमा भागबन्डा टुंगियो, कुन दललाई कति सिट ?
खबर एक्सप्रेस
२०८०-०९-२२ ११:३४ मा प्रकाशित
Total Shares: 117
काठमाडौं - राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।
कांग्रेसले १०, माओवादीले ६, नेकपा एसले २ र जसपाले १ सिट पाउने गरी भागबण्डा भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । निर्वाचनमा सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरुले संयुक्त रुपले उम्मेदवारी दिने उनले बताए ।
अब पार्टीहरूको आन्तरिक बैठक बसेर उम्मेदवार टुंगिनेछ । यसका लागि माओवादीले पदाधिकारी बैठक बाेलाएकाे छ ।
फेसबुक पेज Like गर्नुहोस