मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री गुरुङ
काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
२९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संसद्को ठूलो दलको नेताको हैसियतमा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएकी थिइन् ।
मुख्यमन्त्री गुरुङ वैशाख २२ मा कोरोना संक्रमण पुष्टि भएपछि हाल होम आइसोलेसनमा नै छन् । नेता किरण गुरुङले मुख्यमन्त्री आइसोलेसनमा रहेकाले छलफल नभएकाले मन्त्रिपरिषद् विस्तारमा ढिला भएको बताएका थिए । मन्त्रिमण्डल विस्तार नगर्दा बजेट निर्माण लगायतका कार्यमा प्रभाव पर्ने आवाज उठेपछि मुख्यमन्त्रीले सोमबार आफ्ना विश्वासपात्र मानिएका किरणका साथमा रामशरण बस्नेत र मायानाथ अधिकारीसँग छलफल गरेपछि मन्त्रिमण्डल बनाउने तयारी भएको हो ।
फेसबुक पेज Like गर्नुहोस