काठमाडौं - मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको केही दिन भयो। यही कारण सरकारी कामसमेत प्रभावित भएपछि मन्त्रीहरूले नै मंगलबार मुख खोलेर सोधे, ‘प्रधानमन्त्रीज्यू, यथार्थ के हो ? ’

‘हो,’ प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकमा भने, ‘भोलि (बुधबार) कसैले कार्यक्रम नराख्नुहोला । चनाखो भएन, टाढा गयो, यता हेरफेर भयो भने मन्त्रीकै मर्यादाको पनि कुरा हुन्छ। त्यसमा तपाईंहरूले ख्याल गरिदिनुहोला।’ यसले बुधबार मन्त्रिपरिषद् हेरफेर हुने बलियो सम्भावना देखाएको छ।

त्यसअघि मन्त्रीहरूले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए, ‘मन्त्रिपरिषद् पुनर्गठनको विषय के हो रु यो हुन्छ कि हुन्न रु हुन्छ भने गरिहाल्नुपर्यो, हुँदैन भने पनि हुँदैन भनेर स्पष्ट पार्नुपर्ने भयो। बाहिर मान्छेहरूले मन्त्रीहरू आजका हुन् कि भोलिका भनेर प्रश्न गर्न थालिसकेका छन्। यसले राम्रो सन्देश गएको छैन।’

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एक चरणको सूची तयार पारेका छन्। उनी ५ देखि १० जनासम्म मन्त्री फेर्ने तयारीमा छन्।

अन्नपूर्ण पोस्ट् दैनिकबाट