प्रधानमन्त्री ओलीले गरे चारै सुरक्षा निकायका प्रमुखसँग छलफल
खबर एक्सप्रेस
२०७७-०८-०७ ०४:४२ मा प्रकाशित
Total Shares: 363
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।
आइतबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा, प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका गतिविधिका विषयमा छलफल भएको स्रोतले बताएको छ । सुरक्षा निकायका प्रमुखहरुले भने पछिल्लो गतिविधिको बारेमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस