काठमाडौं, एजेन्सी - म्यानमारमा जातीय सेनाको गठबन्धनले शनिबार उत्तरपूर्वी शान राज्यको एक प्रहरी स्टेशनमा आक्रमण गरी कम्तिमा १० प्रहरी अधिकारीहरुको हत्या गरेको स्थानीय मिडियाले जनाएको छ।

अरकान सेना, तआङ नेशनल लिबरेशन आर्मी र म्यानमार राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन सेनाका लडाकूहरूले  नाउंगोन पुलिस स्टेशनमा आक्रमण गरेका हुन्।शान न्यूजले कम्तिमा १० प्रहरीको हत्या भएको बताएको छ । 

सेनाले ‘कु’ गरेपछि भएको प्रदर्शनमा हालसम्म करिब ७ सय नागरिकको मृत्यु भइसकेको छ । सेनाले निहत्था बालबालिकादेखि नागरिकको घरभित्रै पसेर हत्या गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । 

कतिपयले गोली हानेपछि जिउँदै जलाएको तस्बिरसमेत विभिन्न मिडियाले सार्वजनिक गरेका छन् । 

यसको विरोधमा सहरी क्षेत्रका युवाहरु निरन्तर सेना विरोधी आन्दोलनमा छन् भने कतिपय भागेर जंगल पसेका छन् । जंगलमा ती युवाहरुले सरकारसँग विद्रोह गरिरहेका संगठनहरुसँग सहभागी भएको समेत मिडिया रिपोर्टमा उल्लेख छ ।