काठमाडौं-प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्रीका सल्लाहकार अजयभद्र खनालले प्रसाईंलाई पत्र पठाउँदै उनीहरूबीच पुस १५ गतेभित्र उच्चस्तरीय भेटवार्ता तय गरिएको जानकारी गराएका हुन् ।

उनलेले सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा वार्ता समिति नै गठन गरेर निरन्तर संवाद भइरहेको समेत जानकारी दिए ।

यसअघि प्रधानमन्त्री कार्की र प्रसाईंबीच २२ मंसिर पनि भेटवार्ता भएको थियो ।

उक्त भेटमा प्रसाईंले भूमिहीन सुकुमबासी र कवाड व्यवसायीहरूलाई वैकल्पिक व्यवस्था नभएसम्म अहिलेको स्थानबाट नहटाउन सुनिश्चित हुनुपर्ने, बैंक, लघुवित्त, सहकारी लगायतका वित्तिय संस्थाहरूको समस्या समाधान हुनुपर्नेसहित २७ बुँदे माग राखेका थिए ।