डिजेल र मट्टितेलको मूल्य घट्यो
खबर एक्सप्रेस
२०७७-०६-१५ ०८:२० मा प्रकाशित
Total Shares: 368
काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो । अब काठमाडौंमा डिजेल तथा मट्टितेलको मूल्य ८९/८९ रुपैंया कायम भएको छ । पेट्रोलको मूल्य भने १०७ रुपैंयामा यथावत छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको र सोही अनुसार भारतीय आयल कर्पोरेसनबाट मूल्य समायोजन भएर आएकोले मूल्य घटेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले १५/१५ दिनमा स्वचालित मूल्यप्रणाली अनुसार मूल्य समायोजन गरिएको बताए ।
फेसबुक पेज Like गर्नुहोस