काठमाडौं - सुनको मूल्य मंगलबार तोलामा एकैपटक एक हजार ५०० रुपैयाँले बढेको छ ।

अन्तराष्ट्रिय बजार पच्छ्याँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजार ५०० ले बढेर तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलाको ९२ हजार ६०० मा कारोबार भएको थियो । यस्तै, मंगलबार चाँँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले उकालो लागेर तोलाको १२ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔन्स १८ सय ६९ डलर हाराहारीमा कारोबार भइरहेको छ ।