काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ५ सयले घटेर ७९ हजार ५ सयमा कारोबार भैरहेको हो । यस्तै, बुधबार तेजाबी सुन प्रतितोला ७९ हजार २ सयमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । बुधबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ९ सय ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।