काठमाडौं- काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै बुधबार बिहानै ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएपछि बनेपा तनावग्रस्त भएको छ । मृतक पुरुष हुन्, अन्य पहिचान खुलेको छैन । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको ट्रिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको हो । मृतकलाई प्रहरीले सिर मेमोरियल अस्पताल लगेको छ । सर्वसाधारणले टि«परमा आगो लगाइदिएका छन् । चालक फरार छन् । स्थानीयको विरोधले यातायात अवरुद्ध भएको छ ।