काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९१ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १३० जना कोरोना संक्रमित भेटिएका हुन् ।  

आज देशभर थप ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७७८ जना पुगेको छ । आज थप ६ हजार २९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ ।  

यस्तै, आज संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ३६६ पुगेको छ ।