काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, ३ सीडीओको बैठक बस्दै
काठमाडौं - काठमाडौं उपत्यकाका फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ । यसका लागि आइतबार दिउँसो ३ बजे बैठक उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।
कोरोना संक्रमण घटे पनि संक्रमण हुनसक्ने जोखिम कामयै रहेकाले निषेधाज्ञा थप लागिएको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ । बैठकले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नसक्ने सम्भावना पनि रहेको छ ।
जारी निषेधाज्ञाको अवधि भोली राति १२ बजे सकिँदैछ । उपत्यकामा वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।
एकै पटक निषेधाज्ञा खुकुलो पार्दा फेरी संक्रमण फैलिने सक्ने जोखिम रहेकाले उपत्यकामा निषेधाज्ञा एकसातादेखि १५ दिनसम्म थप्ने तयारी रहेको स्रोतले बतायो ।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले पनि निषेधाज्ञा थप गर्न सुझाव दिइसकेको छ ।
आजको बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराई सहभागी हुनेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस