धुम्बाराहीमा नेकपा स्थायी कमिटी बैठक सुरू, प्रधानमन्त्री ओली अनुपस्थित
खबर एक्सप्रेस
२०७७-०८-२१ ०१:४८ मा प्रकाशित
Total Shares: 263
काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा सहभागी भएका छैनन् ।
बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली र तालिम प्राप्त कुकुर तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले पनि गस्ती गरिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस