प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
खबर एक्सप्रेस
२०७९-०३-३१ १०:१९ मा प्रकाशित
Total Shares: 358
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । अहिले सत्ता गठबन्धनको बैठक जारी छ । सो बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक सुरु हुनेछ ।
नागरिकतालगायत महत्वपूर्ण विधेयकमथि छलफल गर्न बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्दैछ। बैठकमा नागरिकता विधेयकमाथि छलफल भैरहेकाे छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस