काठमाडौं - प्रहरीले चार वर्षीय बालक अपहरणको आरोपमा एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले भियतनामी नागरिक मि हाङ किन्हालुनलाई पक्राउ गरेको जनाएको छ ।

माघ २४ गते राती बालक हराएको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीका अनुसार भियतनामी नागरिक किन्हालुनले बालकलाई अपहरण गरेर

कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालकको उद्धार उद्धार गरी २३ वर्षीय भियतनामी नागरिकलाई पक्राउ गरेको हो ।