काठमाडौं - सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए ।
नवनियुक्त न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी रहेका छन् ।

.gif)


