अवतरणकै क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो, ठूलो दुर्घटना टर्यो
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ठूलो हवाई दुर्घटना टरेको छ ।
इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा अचानक पाङ्ग्रामा आगो देखिएपछि विमानस्थल क्षेत्रमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।
विमानस्थल स्रोतका अनुसार आज बिहान करिब पौने ७ बजे जहाज रनवेमा ल्याण्ड गर्ने क्रममा पाङ्ग्राबाट आगो निस्किएको देखिएको हो। त्यसलगत्तै विमानस्थलको आपत्कालीन टोली सक्रिय हुँदै दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो।
घटनापछि विमानभित्र रहेका यात्रुहरूलाई तत्काल इमर्जेन्सी ढोका खोलेर सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
जहाजको प्राविधिक अवस्था, आगलागीको वास्तविक कारण तथा अवतरण प्रणालीसम्बन्धी पक्षबारे प्राविधिक टोलीले अनुसन्धान सुरु गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस