काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ । 

बैठकमा सरकारका नियमित एजेन्डा तथा कामकारबाहीबारे छलफल हुने बताइएको छ ।

बैठकमा नियमित प्रशासनिक कामकारबाहीसँगै समसामयिक विषयमा समेत छलफल गरी आवश्यक निर्णय लिन सक्ने जनाइएको छ ।