दिपायल विमानस्थलको स्तरोन्नति हुन्छ : मन्त्री आले
काठमाडौं,दिपायल - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो विमानस्थलको स्तरोन्नति गरिने बताएका छन् । यहाँका पर्यटकीय क्षेत्रमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन दिपायल विमानस्थलमा ४२ सिटे जहाज सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।
उनले भने, “दिपायल विमानस्थलको स्तरोन्नति, जग्गा अधिग्रहण तथा टावर, टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छु, चाँडै नै यहाँ ४२ सिटे जहाज सञ्चालनमा ल्याउने गरी गृहकार्य अगाडि बढाएका छौँ, काम सुरु हुन्छ ।”
दिपालय विमानस्थल स्तरोन्नति, भवन निर्माण तथा जग्गा अधिग्रहणका लागि भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले केही महिना पहिले रु १८ करोड बजेट विनियोजन गरेका थिए । विमानस्थल स्तरोन्नतिसहित अन्य विकासका कामका लागि आएको बजेट चाँडै बोलपत्र प्रक्रिया गरी काम सञ्चालन हुनेसमेत मन्त्री आलेले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस