नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
खबर एक्सप्रेस
२०८२-०५-०१ ०७:१३ मा प्रकाशित
Total Shares: 79
भरतपुर - सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव जेसीभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
उक्त ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस