२४ घण्टामा थप दुई हजार ५०८ संक्रमित थपिए, दुई हजार २६४ डिस्चार्ज
खबर एक्सप्रेस
२०७७-०७-१५ ०४:०२ मा प्रकाशित
Total Shares: 278
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ५ सय आठ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।
२४ घण्टामा दुई हजार २६४ ले कोरोना जितेसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ । त्यसैगरी थप १७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पीसीआर परीक्षण भएको हो । अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ ।
उपत्यकामा ७८८ पुरुष र ५६९ महिला गरेर १३ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस