बाघको आक्रमणबाट महिलाको मृत्यु
खबर एक्सप्रेस
२०७८-११-११ ११:५४ मा प्रकाशित
Total Shares: 268
काठमाडौं,बर्दिया - बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो ।
मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा थारुको शव फेला परेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस